Incident Reports

धनगढी मालपोतका प्रमुखद्वारा पत्रकारमाथि आफ्नै कार्यकक्षमा दुर्व्यवहार

2021-01-24

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीः

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले पत्रकारमाथि आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेका छन्। आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई प्रमुख केसीले दुर्व्यवहार गरेका हुन्। कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका बेला केसीले आफूमाथि हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेको पत्रकार श्रेष्ठले बताए।  श्रेष्ठले मालपोत प्रमुख केसीले कर्मचारीको बचाउ गर्दै आफूमाथि दुर्व्यवहार गरेको जनाए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments