Incident Reports

मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी

2021-01-20

Lumbini, Dang, Rajpur, Ward 7

राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दर्ता गराएका छन् ।
विद्यालयको काममा ढिलाई गरि दिएको भन्दै खत्रीले माघ ७ गते वडा कार्यालयमै गएर आफु नेत्र विक्रम चन्द (विप्लव) निकट भएको र केही दिनमै सिध्याउने धम्की दिएको भन्दै खड्काले माघ ८ गते विज्ञप्ती मार्फत जानकारी गराउनु भएको थियो ।
विज्ञप्तीमा विप्लव नेतृत्वको नेकपाको मान्छे भन्दै पटक पटक चन्दासमेत माग गरेको उल्लेख गरिएको छ । खड्काले आफ्नो जीवन सुरक्षाका लागि प्रहरी, प्रशासन, पत्रकार, मानव अधिकारकर्मीहरूलाई अपील समेत गर्नु भएको छ । खड्काले केही दिनमै छलफलका लागि बोलाउने प्रहरीले आश्वासन दिएको बताउनु भयो ।
प्रहरीमा उजुरी आएको र आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गढवाका इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो ।
जयनारायण पुन
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments