Incident Reports

सुविधा कटौतीको विरोधमा ट्याङ्कर चालक हडतालमा

2021-01-24

Madhes, Parsa, Birgunj

ट्याङ्कर चालकहरू आइतवारदेखि हडतालमा उत्रिएका छन्। ट्याङ्कर व्यवसायी सङ्घले चालकहरूले खाइपाइ आएको सुविधामा पचास प्रतिशत कटौती गरेपछि आजदेखि चालकहरू हडतालमा उत्रिएका हुन्।

२०७३ माघ १६ गते ट्याङ्कर व्यवसायी, चालक र आयल नियमका कर्मचारीबीच सहमति भएर चालकहरूको स्थानीय भत्ता रु ५ हजार निर्धारण गरिएको थियो। अहिले सो भत्ता कटौती गरेर रु २ हजारमा झारिएपछि चालकहरू हडतालमा उत्रिएको नेपाल ट्याङ्कर चालक सङ्घका अध्यक्ष विनोद मानन्धरले बताए। उनले भारतको रक्सौलस्थित भारतीय आयल निगमको डिपोले सुरक्षा कारण देखाएर डिपो बन्द गरेपछि भारतका विभिन्न डिपोबाट ढुवानी गरेर अमलेखगंज डिपोसम्म पु–याउनुपर्ने समस्या आइपरेको र चालकहरूलाई पहिलेभन्दा बढी धपेडी परेकोमा भत्ता थप गर्नुपर्नेमा पचास प्रतिशत कटौती गरेर अन्याय गरेको हुँदा हडताल गर्नुपरेको बताए।


नेपाल आयल निगमको मध्यमाञ्चल कार्यालय वीरगंजमा आज बिहानदेखि चालकहरू हडतालमा उत्रिए। नेपाल ट्याङ्कर चालक सङ्घका अध्यक्ष विनोद मानन्धरले निगमलाई निवेदन दिंदै खाइपाइ आएको सुविधा कटौती गरिएको र सो उपलब्ध नहुन्जेल ट्याङ्कर चलाउन असमर्थ रहने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments