Incident Reports

बझाङ हत्या प्रकरण ,नेबिसंघद्धारा सदरमुखकाम चैनपुर बन्द

2021-01-27

न्युज अफ नेपाल, काठमाडाैं  ।

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का लखन अमृत सिंहको हिजो साझँ करिव ७ बजे तिर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा पछाडिबाट खुडा हानेर  हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

अमृत सिंहको खुँडा प्रहार गरी हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा बुधबार घटनाको विरोधमा नेबिसंघले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन्। 

अमृत सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी रहेको बझाङका प्रहरी नायब उपरीक्षक खड्काले बताए।  

उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको खड्काले बताए। सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन्।  



 

 

 

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments