Incident Reports

क्याम्पस माग्दै सडकमा विद्यार्थी

2021-01-28

विद्यार्थी मान्दैनन, पदाधिकारी सुन्दैनन्

खेमराज रिजाल

बेलझुण्डी, १४ माघ । अघिल्लो आन्दोलनमा विद्यार्थीहरुलाई कुलसचिव माधवप्रसाद अधिकारीले आश्वासन दिएका थिए । सिनेट बैठकमा मैले कुरा राख्छु, विद्यार्थीहरुले कयम्पस भवन पाउनेछन् । त्यसपछि विद्यार्थीहरु फेरि मौन आन्दोलनमा थिए ।

सिनेटसभामा यो विषयमा कुनै कुराकानी नै भएन । कोरोना विशेष अस्पताल खाली गर्ने सवालमा । त्यसपछि विद्यार्थीहरुले विद्यालय प्राङ्गणमै किताव फिजाए । तर पनि सरकारले नसुनेपछि र पदाधिकारीहरुले आधिकारिक आश्वासन नदिएपछि विद्यार्थीहरु सडक जाममा उत्रिए ।

सांकेतिक रुपमा सडकमा आउनुपरेको विद्यार्थीहरुले बताएका छन् । नेतृत्व कुनै संगठनले गरेको होइन, तर पनि घोराही–तुलसीपुर सडक करिब आधा घण्टा जाममा प¥यो, प्रमुख जिल्ला अधिकारी र अनुसन्धान प्रमुख पनि त्यही विद्यार्थी आन्दोलनको जाममा परे । कुनै पार्टीको आन्दोलन थिएन त्यो, तर पनि विद्यार्थीहरुका समस्यामा बेलझुण्डी विश्वविद्यालय कहिल्यै पनि गम्भीर बनेन । त्यसैले विद्यार्थीहरु सडकमा आइका थिए । उनीहरु सडकमा आएपछि मात्रै समस्या समाधान हुन्छ भन्ने आशा थियो ।

सरकारका सबै निकायलाई ध्यानाकर्षण गराउन सडकमा आएको उनीहरुको अभिव्यक्ति थियो । सडक आन्दोलनको कार्यक्रमलाई थाँती राख्दै विद्यार्थीहरुले भनेका थिए हामी अर्को आन्दोलनमा फेरि योभन्दा बढी समय चक्का जाम गर्ने छौं, हाम्रो शैक्षिक उपलव्धिलाई प्रदेश सरकारले गुमनाममा पा¥यो । मुख्यमन्त्रीलाई पटक–पटक भन्दा पनि बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको विकल्प नखोजेर सयौं विद्यार्थीहरुको भविष्यलाई वास्ता नगरेका कारण आफूहरु आन्दोलनमा आएको विद्यार्थीहरुले बताएका छन् ।

तर पदाधिकारीहरु भने मौनप्रायः रहेका छन् । आन्दोलनकारी विद्यार्थीका विषयमा गोप्य सूचना संकलन गर्न पनि केही विश्वविद्यालयका कर्मचारीहरु नै क्रियाशील देखिएको अवस्थामा आन्दोलनको विकल्प नभएको विद्यार्थीहरुको आवाज थियो । अस्थायी कोरोना विशेष अस्पतालका नाममा एकजना बिरामीलाई उपचार गर्न पनि सयौं विद्यार्थीहरुलाई क्याम्पसविहीन बनाएपछि आयुर्वेद चिकित्साशास्त्र अध्ययन गर्ने बिएएमएसका विद्यार्थीहरुले सडक जाम गरे । करिब आधा घण्टाको जाममा प्रमुख जिल्ला अधिकारीसमेत परेपछि त्यहाँ सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयका सुरक्षा अधिकारीहरुसमेत आएर बाटो खुलाउनुका साथै वार्ताको वातावरण बनाउनसमेत आग्रह गरेका थिए ।

विद्यार्थीहरुले सडक जाम गर्नुअघि कोरोना विशेष अस्पतालकै प्राङ्गणमा पुगेर ‘हामीलाई हाम्रो क्याम्पस फिर्ता दे, हामी बिजौरी जाँदैनौं, हामीलाई प्रयोगात्मक कक्षा चाहिएको छ’ जस्ता नारा लगाउँदा–लगाउँदै प्रदेश सरकारको अस्थायी कोरोना अस्पताल तुरुन्त हटाउन पनि आह्वान गरे । अघिल्लो साता क्याम्पस प्राङ्गणमै किताव फिजाएका विद्यार्थीहरुलाई नेपाल संस्कृत विश्वविद्यालयले क्याम्पस भवन दिन नसकेपछि उनीहरु मंगलवार सडकमै आएर विरोध प्रदर्शन गरे ।

उनीहरुले सांकेतिक रुपमा सडक जाम गर्न बाध्य भएको बताएका छन् । त्यो जाममा नेपाली सेनाको एउटा भ्यानसँगै प्रमुख जिल्ला अधिकारीको गाडी पनि जाममा फसेपछि विश्वविद्यालय प्रशासनले पनि विद्यार्थीहरुका आन्दोलनलाई सम्वोधन गर्ने आश्वासन दिएको छ ।

सडक जाम भएपछि तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीसमेत बेलझुण्डी पुगेको थियो । विश्वविद्यालयका समस्या आन्तरिकरुपमा समाधान गर्नुपर्नेमा विद्यार्थी नै क्याम्पस माग्दै सडकमा आउनुमा कुन दलले उस्काएका हुन् भन्नेसम्म सुरक्षा अधिकारीहरुको जिज्ञासा थियो । तर विद्यार्थीका भावनामा आँच आउने गरी आफ्नो क्याम्पस अपहरण भइरहँदा विद्यार्थीहरु किन सडकमा आए भन्ने चासो भने सुरक्षा अधिकारीहरुलाई थिएन । जुनबेला नेपाल पनि कोरोना भाइरसको संक्रमणमा थियो, त्यससँगै पुरै विश्व समुदाय लकडाउनको अवस्थामा थियो । त्यो स्वाभाविक थियो ।

त्यसमा सबै आम नेपालीहरुले अधैर्य प्रतिक्षा पनि गरेका थिए । स्कुल, क्याम्पस र निजी होटलहरुलाई पनि कोरोनाका बिरामी र सम्भावित बिरामी राख्नका लागि प्रयोग भएको हो । तर विस्तारै शैक्षिक संस्थाहरु क्वारेन्टाइनमुक्त भए । नेपाल संस्कृत विश्वविद्यालयवाहेकका सबै शैक्षिक संस्थामा न अहिले आइसोलेसन छ, नत क्वारेन्टाइन नै छ । तर नेपाल संस्कृत विश्वविद्यालयले भने अस्थायी अस्पताल हटाउन खोजेको छैन । विश्वविद्यालय सभामा यो विषयको प्रस्ताव लग्ने भनिए पनि यसले स्पेश पाएको छैन ।

तुलसीपुर प्रादेशिक अस्पतालको मातहतमा रहेको अस्थायी कोरोना विशेष अस्पताल बेलझुण्डीले एकजना बिरामीको उपचारका लागि ४ सय विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने किन ? यो जवाफ प्रादेशिक अस्पतालका मेसु विनोद सिंहले पनि आधिकारिक अभिव्यक्ति दिएका छैनन् । एकजना बिरामीमात्रै रहँदा पनि सयौं विद्यार्थीहरुको भविष्यमा खेलवाड गरिरहेको आरोप मेसुले जिम्मेवारी लिन नसकेकोमा सर्वत्र गुनासो भइरहेको छ ।

अघिल्लो साता नै मेसु सिंहले भनेका थिए– ‘मुख्यमन्त्रीले भनेपछि मात्रै कोरोना विशेष अस्पताल खालि हुन्छ, नत्र त्यही चलिरहन्छ ।’ सायद बिरामी नै नभए पनि कोरोना विशेष अस्पताल चलाउनेमा उनीहरु अभ्यस्त छन् ।

सायद एकजना विरामी नभए पनि कोरोना विशेष अस्पताल चलाउन केही व्यक्तिहरु तल्लिन छन् । किनकि केही व्यक्तिको स्वार्थका कारण नेपाल संस्कृत विश्वविद्यालयमा चलखेल भइरहेको छ । एकजना बिरामी नभए पनि नेपाल संस्कृत विश्वविद्यालयलाई कोरोना विशेष अस्पताल चलाइरहने सवालमा केही स्वार्थीहरु लागिरहेका छन् तर विश्वविद्यालयको शैक्षिक कार्यक्रमका विषयमा भने न विश्वविद्यालयका पदाधिकारीहरु जिम्मेवार छन्, नत अन्य प्रशासनिक इकाईका पदाधिकारीहरु ।

माघ महिनाभित्रै व्यवस्थापन हुन्छ ः कुलसचिव

यसैबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले नेपाल संस्कृत विश्वविद्यालय मातहतमा रहेको आयुर्वेद अध्ययन संस्थानको मातहतमा रहेको आयुर्वेदका विद्यार्थीहरुलाई तत्काल पठन–पाठनको व्यवस्थापन मिलाउने बताएका छन् । सडक जामसँगै सिडियो र सुरक्षा निकायका अधिकारीहरुसमेत जाममा परेपछि विश्वविद्यालयमा विद्यार्थी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरुको समेत व्यापक उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले यो महिनाको अन्त्यमा विद्यार्थीहरुले क्याम्पस भवन पाउने बताए । ‘हामीहरु क्षेत्रीय आन्दोलनमा होइन, समृद्धिको आन्दोलनमा छौं’, विश्वविद्यालयलाई सूचना प्रविधिमा जोडेर डिजिटल प्रविधिमा लैजाँदै छौं’, अधिकारीले भने । हामीले मागेको यही महिनाको बाँकी समय मात्रै भएको भन्दै उनले त्यसपछि पनि समस्या समाधान नहुने अवस्थै नहुने उनको अभिव्यक्ति थियो । यो बर्ष नेसंविले समयमै परीक्षा सम्पन्न गरेको बताउँदै अबको शैक्षिक कार्यक्रमलाई पनि समयमै सम्पन्न गर्नका लागि विशेष प्रयास भइरहेको पनि उनले बताए ।

‘हामी विद्यार्थीको भविष्यमा खेलवाड गर्न चाहन्नौं, चाँडै अस्पताल भवन सार पनि भनेका छौं, तर प्रदेश सरकारले अझै पनि स्पष्ट विकल्प दिन सकेको छैन’, अधिकारीले भने ।

प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

यसैबीच विद्यार्थीहरुको मागलाई सम्वोधन गर्ने सवालमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विश्वविद्यालयका उपकुलपतिको ध्यानाकर्षण गराएको बताएका छन् । मुलुक समग्र क्षेत्रमा समृद्धिको बाटोमा लम्किरहेको अवस्थामा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरुको पढाइलाइ वास्ता नगर्नुको कारणका विषयमा जिज्ञासा राखेको पनि प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ थियो ।

‘उपकुलपतिज्युलाई पनि कुरा गरिसकेको छु, सम्भवतः उहाँहरुले कुरा मिलाएर विद्यार्थीहरुलाई सहज पठन–पाठनको व्यवस्था मिलाउनेमा आशावादी छौं’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने– ‘विद्यार्थीलाई सडकमा होइन क्याम्पसमा पढ्ने वातावरण मिलाउने छौं ।’



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments