Incident Reports

नगरपालिकामा विद्यार्थीको धर्ना

2021-01-31

Madhes, Sarlahi, Barahathawa

चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थीले आइतबार बरथहवा नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । आफ्ना समस्या राख्दा प्रहरीले दमन गरेको भन्दै विद्यार्थीले नगरपालिकामा धर्ना दिएका हुन् । 

नगरपालिकाका प्रमुख देवानन्द महतो, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल र विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवको निर्देशनमा प्रहरीले विद्यार्थीमाथि दमन गरेको उनीहरूको आरोप छ ।

नगरपालिकासँग विद्यार्थीले विद्यालयमा नियमित पठनपाठन, विद्यालयमा भौतिक संरचना निर्माणलगायतका नौबुँदे माग राखेका छन् । विद्यालयका समस्याबारे ध्यानाकर्षण गराउन पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत विद्यालय प्रशासन र नगरपालिकाले बेवास्ता गरेको उनीहरूको भनाइ छ । 

विद्यालयका प्रधानाध्यापक, नगरका प्रमुखलगायतको दादागिरीविरुद्ध धर्नामा बस्नुपरेको ११ कक्षामा अध्ययनरत ललिता शर्माले बताइन् । यसअघि पनि समस्या राख्दा प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिने गरेको विद्यार्थीहरूको आरोप छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरूले गत शुक्रबार बरहथवा नगरपालिकाको कार्यालय र विद्यालयमा प्रदर्शन गरेका थिए । त्यसक्रममा आक्रोशित केही विद्यार्थीले ढुंगा प्रहार गरी नगरपालिकाको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालको सिसामा क्षति पुर्‍याएका थिए ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवले विद्यार्थीको नाममा घुसपैठ भएको आरोप लगाएका छन् । विद्यार्थीको माग सम्बोधन गर्ने तयारी भइरहँदा केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थी परिचालन गरेको उनको आरोप छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments