Incident Reports

भेरी अस्पतालका डाक्टर र नर्समाथि ज्ञानेन्द्र शाही समूहका युवाद्वारा हातपात

2021-02-02

काठमाडौं- भेरी अस्पताल बाँकेमा कार्यरत डाक्टर र नर्सहरुमाथि ज्ञानेन्द्र शाही समूहका युवाले हातपात तथा दुव्यर्वहार गरेका छन्। अस्पतालको अवस्था र बिरामीले पाएको सास्तीबारे अस्पताललाई ध्यानार्कषण गर्ने बहानामा अस्पताल पुगेको उक्त समूहले पेइङ ड्युटीमा रहेका फिजिसियन डा. विपिन आचार्यलाई हातपात गरेका हुन्।

भेरी अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. प्रकाश थापाले भने, ‘पेइङ उपचारत बिरामीको विषयलाई लिएर ती युवाले पहिला सिस्टरहरूसँग दुव्यर्वहार गरेछन्। पछि के भएको हो भनेर सोध्न जाँदा डा. विपिनलाई कठालोमा समातेर तल इर्मरजेन्सी वार्डसम्म लतार्दै ल्याए।’

उक्त समयमा एकातर्फ ज्ञानेन्द्र शाही र केही युवा अस्पताल परिसरमा घुम्दै अस्पतालका सेवा सुविधा सुधार गर्नुपर्ने कुरा गरिरहेका थिए।दुव्यर्वहार गर्ने ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले प्रकाउ गरिसकेको मेसु थापाले बताए। अस्पतालले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराइसकेको छ।

उनले भने,‘ फरक-फरक समुहमा आएका थिए। ज्ञानेन्द्र शाहीले पहिला ती युवा आफ्नो समूहको नभएको दावि गर्नुभएको थियो। पछि फेरि हाम्रै समूहको अभियन्ता हुनुहुँदो रहेछ भनेर भन्नुभयो।’ ज्ञानेन्द्र शाहीले ती युवा आफ्नो समूहको भन्दै प्रहरी प्रशासनमा कुरा मिलाउने प्रयास गरिरहेको बुझिएको छ।

नेपाल चिकित्सक संघ, बाँके शाखाले घटना विषयमा अहिले बैठक बोलाएको छ। मेसु थापाले यस्ता घटनामा हरेक दिनजसो दोहोरिन थालेकाले जेल ‘विथआउन बेल’ पास गराउनुपर्ने बताए।

उनले भने, ‘अस्पतालजस्ता संवेदनशील ठाउँमा भीड लिएर आउने, उपचाररत बिरामी र कुरुवालाई उस्काउने र ड्युटीमा खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मी हातपात गर्ने काम रोकिएको छैन। जेल विथआउट बेल पहिल्यै नै पास हुनुपर्ने हो। तर, अब यसको आवश्यकता झन् बढेको छ। यस्ता घटना नरोकिने हो भने हामीले कसरी सेवा दिन सक्छौँ?’

अस्पतालमा अहिले कोभिड विरुद्धको खोप अभियान चलिरहेका छ भने कोभिड बिरामीको उपचार पनि भइरहेको छ। अन्य नियमित स्वास्थ्य सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments