Incident Reports

वादी समुदाय गाँस बासको माग गर्दै आन्दोलित

2021-02-02

सुदुरपश्चिम— सुदुरपश्चिम प्रदेशमा रहेका बादी समुदायका नागरिकहरु गाँस बास र कपासको माग गर्दै आन्दोलित बनेका छन ।

सरकारले २०६० साल पौस २५ गते बादी समुदायको ब्यावस्थापन लागि गरेको सम्झौता कार्यन्वयन नगरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन ।

सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका बादी समुदायले सरकार आफुहरुका समस्याप्रति गभ्भीर नभएको भन्दै आफुहरु आन्दोलन गर्न बाध्य भएको बाजुराबाट आन्दोलनका लागि कैलाली आएकी डिक्रादेवी बादीले बताइन् । उनले सकारले आफुहरुको गाँस बास र कपासको व्यावस्था गर्नु पर्ने माग गरेकी छिन् ।

राज्यले बादी समुदायलाई उपेक्षा गरेको बादी समुदायका अगुवाहरु बताउछन । आफुहरु कहि कतै बस्ने ठाँउ नभएर सडकको छेउमा केहि समयको लागि बस्दा समेत प्रशासनले आफुहरुलाई बल प्रयोग गरि हटाउन खोज्ने तर अन्य नागरिकहरुलाई भने केहि नगर्ने गरकै बादी अगुवा सबी रानाले बताइन् ।

बादी समुदायको हरेक क्षेत्रमा पहुँच पुर्याउनु पर्ने , गाँस बास , कपासको सरकारले ग्यारेण्टी गर्नु पर्ने घुमन्ते मगन्ते भुमीहिन बादी संर्घष समितीका संयोजक मिठु बादीको भनाई छ । अस्थाई बसोबासका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भटटलाई ज्ञापनपत्र बुझाएको बताउदै उनले आफुहरुका माग सम्बोधन नहुदासम्म आन्दोलन जारी राख्ने बताए ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भटटले प्रदेश सरकारसँग सुकुम्बासीलाई भोगाधिकार दिने अधिकार नभएको बताउदै भुमीहिन सुकुम्बासीको लगत लिने काम स्थानीय तहले गरिरहेको बताइन् । उनले प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने बताउदै संघिय सरकारसँग समेत लबिङ गर्ने बताइन् ।

सरकारले विभिन्न समयमा गरिब एवं विपन्न समुदायलाई सहयोग गर्ने प्रतिबद्धता गरे पनि अधिकांश प्रतिबद्धता घोषणा मै सीमित भएको छ । गाँस, बास र कपास कै लागि आन्दोलनमा उत्रनु पर्ने बाधयता हटाउन सरकारले गरिब तथा विपन्नहरुका लागि विशेष योजना ल्याउनु पर्ने देखिन्छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments