Incident Reports

कैलालीको पहलमानपुरमा राजमार्ग अवरुद्ध

2021-02-02

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 10

२०७७ माघ २० ०३:३५

धनगढी: पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा राजमार्ग अवरुद्ध गरिएको छ।गत शनिबार पहलमानपुर दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले क्षतिपुर्ति नपाएको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन।

दुर्घटना भएको ३ दिन बित्दासमेत क्षतिपुर्तिका लागि कुनै सुनुवाइ नभएको भन्दै मृतकका आफन्तले मंगलबार दिउँसो २ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन।बन्दकर्ताले राजमार्ग भएर चल्ने सवारीका साधनहरु बन्द गर्दा यात्रुहरु पहलमानपुरमा अलपत्र परेका छन्। 

यसअघि शनिबार पनि उनीहरुले सडक अवरुद्ध गरेका थिए। तर चालकलाई कानुन अनुसार कारवाही गर्ने सहमतिपछि सडक खुलाइएको थियो।गत शनिबार राति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो।

राति ११ बजे पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म१त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको ब९१प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो।घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको दुर्घटनामा परी मृत्यु भएको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments