Incident Reports

जेलबाटै आलमको आतंक; पीडितको पक्षकाे बहस गर्ने अधिवक्तालाई धम्की

2020-12-23

यो मुद्दामा पीडितको तर्फबाट बहस गरिरहेका अधिवक्ता पुष्पराज पौडेललाई पनि अफताब आलमको पक्षबाट ज्यान मार्ने धम्की आएको छ । पौडेलले जिउज्यानको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा निवेदन पनि दिएका छन् ।

‘मिति ०७ पुस ८ गतेका दिन प्रतिवादी मोहम्मद अफताब आलमका भाइ भन्ने डा. साब सम्बोधित र कान्छा छोरासमेतले मुद्दा हेरेको विषयमा अब सरकार चेन्ज भइहाल्छ, सरकारको अन्डर सुरक्षामा कति दिन बस्न सक्नुहुन्छ ? कसैको जीवन बर्बाद पार्ने गरी लाग्नुहुन्छ भने उसले पनि किन छाड्छ ? हामीले पनि छाड्ने कुरा हुँदैन,’ पौडेलले प्रशासनमा दिएको निवेदनमा भनेका छन्, ‘तपाईं किन यसरी पछि लाग्नुहुन्छ ? तपाईं सधैँ सुरक्षाघेरामा रहन सक्नुहुन्छ ? भनी मेरो जिउज्यान र पेसामा समेत दागा धरी धम्की दिएको हुँदा म निवेदक मुद्दाको सिलसिलामा पटकपटक रौतहट–गौर आउने–जाने गर्नुुपर्ने भएकाले जिउज्यानको सुरक्षा गरिपाऊँ भनी यो निवेदन पेस गरेको छु ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments