Incident Reports

शंकास्पद प्रश्नपत्र बनाएर परीक्षा लिएको भन्दै परीक्षार्थीद्वारा प्रदर्शन

2021-02-08

Karnali, Salyan, Bagchaur

सल्यान — जिल्लाको बाग्चौर नगरपालिकाले शंकास्पद प्रश्नपत्र बनाएर कृषि प्राविधिक कर्मचारीको करार पदपूर्तिको लागि परीक्षा लिएको भन्दै परीक्षार्थीले नगरपालिकाको कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले परीक्षा रद्द गर्न र परीक्षा समितिका कर्मचारीको राजीनामाको माग गरेका छन् । पेपरमा लेखिएका प्रश्नको उत्तरलाई सांकेतिक चिह्न दिएर परीक्षा लिएको र विभिन्न तीन तरिकाबाट प्रश्नको सही उत्तर संकेत गरिएको भन्दै त्यसको विरोध गर्दै परीक्षार्थीले प्रदर्शन गरेका हुन् । परीक्षार्थीले प्रदर्शन पछि दोषीलाई कारबाहीको माग राख्दै उपमेयर कल्पना पुनलाई हस्ताक्षर सहितको निवेदन पेस गरेका थिए । 

शंकास्पद पेपर बनाएर आफ्नो मान्छे भर्ना गर्ने चलखेल गरेको परीक्षार्थी नविन केसीले बताए । उनले परीक्षा सकिएपछि पेपर समेत ल्याउन नदिएको जानकारी गराए । उनले भने, ‘हामीले पेपर हेरेर खुरुखुरु कापीमा उत्तर लेख्याैं । परीक्षा सकिएपछि पेपर हामीलाई ल्याउन दिएनन् । त्यसपछि हामीलाई शंका लाग्यो । पछि केही साथीले मोबाइलमा फोटो खिचेर राखेका रहेछन् । हेर्दा ठूलै चलखेल भएको पाइयो ।’

नगरपालिकाले आफ्ना मान्छे भर्नाको लागि पहिले नै सेटिङ मिलाएको बताएका छन् । प्रक्रिया पूरा गर्नलाई मात्र नगरपालिकाले नाटक गरेको उनले जानकारी गराए । नगरपालिकाले तत्काल दोषीलाई कारबाही गर्नुका साथै परीक्षा रद्द गरेर निष्पक्ष ढंगले पुन: परीक्षा गर्न उनले आग्रह गरेका छन् । ६ जना कृषि प्राविधिक कर्मचारी माग रहेकोमा २ सय ६८ ले आवेदन दिएर परीक्षा दिएको उनको भनाइ छ । 

उपमेयर कल्पना पुनले पेपर तैयारमा कुनै गल्ती नभएको र गल्ती भएमा छानबिन गर्ने बताएकी छन् । परीक्षार्थीले विरोध गर्दा चर्को आलोचना भएपछि नगरपालिकाले कृषि प्राविधिकको लागि लिएको परीक्षा रद्द गरेको छ भने सोमबार हुने भनेको पशु प्राविधिकको परीक्षा समेत रद्द गरेको जानकारी गराएको छ । परीक्षा रद्द गरेपछि जिल्लादेखि बाहिरबाट परीक्षा दिन आएका परीक्षार्थीहरु मर्कामा परेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments