Incident Reports

भागरथीको न्यायका लागि कञ्चनपुरमा ¥याली

2021-02-08

कञ्चनपुर, २६ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि सोमबार कञ्चनपुरमा विद्यार्थीले ¥याली निकालेका छन् । जिल्लाको विभिन्न स्थानमा विद्यार्थी तथा स्थानीयले पीडितपक्षलाई न्याय दिलाउने उद्देश्उले शान्तिपूर्ण ¥याली प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले बलात्कारपछि भागरथीको निर्मम हत्या भएको भन्दै तत्काल घटनाको छानविन गरी दोषीलाई पक्राउ गर्न माग गरेका छन् । सदरमुकाम हुँदै जिल्लाका विभिन्न सडकमा भएको प्रदर्शनमा समाजिक अभियान्ताले तथा विद्यार्थीले विद्यालय गएका छोरी कहिलेसम्म घरफर्किन नपाउने विषयमा ध्यानाकर्षण गराउँदै बृहत ¥यालीका साथ जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बाहिर आएर नाराबाजी गरेका छन् ।

उनीहरुले ‘आर्यघाटले के भन्छ ? हात्यारालाई ले भन्छ, जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार??, हत्यारालाई फाँसी दे, संविधानमा टाँसी दे’, जस्ता नारा लगाएका थिए । विद्यार्थी, युवा, अधिकारकर्मी लगायत झण्डै दुई हजार व्यक्तिले न्यायका लागि प्रशासन अगाडि नाराबाजी गरेका थिए ।

घटनाका दोषी पक्राउ नपरुन्जेल आफ्ना प्रदर्शनका कार्यक्रमहरु निरन्तर जारी राख्ने प्रदर्शनमा सहभागी युथभ्वाइस कञ्चनपुरका सदस्य भोजराज भट्टले बताए । आज बेलुका ४ बजे फेरी ४०० मोटरसाइकलको ¥यालि प्रदर्शन गरि न्यायका लागि आवज उठाउने भट्टले जनाएका छन् । गत शनिबार पनि जिल्लाको सदरमुकाम स्थित मदनचौकमा भागरथीको न्यायको लागि विद्यार्थी तथा स्थानीयले न्यायको माग राख्दै सडकमा आएका थिए ।

विद्यालय गएकी भागरथीको बिहीबार स्थानीय समुदायिक वनमा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरी अनुसन्धान जारी रहेको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments