Incident Reports

भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन

2021-02-10

भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन तथा रचना वाचन कार्यक्रम गरिएको छ ।  कर्णाली अध्ययन केन्द्र नेपालको आयोजनामा आज मध्यपश्चिमाञ्चल विश्वबिद्यालय केन्द्रिय परिसरको गेट अगाडी युवा विद्यार्थीहरु उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारिलाई फाँसी दे ...!, पीडितलाई न्याय दे.. ! महिला हिंसा तथा यौन दुर्ववहार बन्द गर ! शान्ति सुरक्षा कायम गर, सरकारमाथि को रहेछ बलात्कारी पो रहेछ !, इत्यादि नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएको थियो ।

देशका दिदिबहिनी तथा चेलीबेटीहरुले खेपिरहेका महिला हिंसा तथा यौन दुर्ववहार, बढदो क्रममा रहेका बलात्कारका घटना, गैरजिम्मेवारपूर्ण राज्य, राजनीतिक शक्ति र सत्ताले सुरक्षा गरिएका बलात्कारी, अपराधी आदि समाजको यथार्थ विषयबस्तुलाई उठान गरिएका कविता, गजल, मुक्तक, भावना वाचन गरेर बिरोध गरिएको थियो ।

कार्यक्रममा एक दर्जन बढी साहित्यक सर्जगहरुले आफ्नो रचना वाचन गरेर न्यायको निम्ति आवज उठाएका थिए । उक्त, कार्यक्रममा रचना वाचनसंगै २० मिनेटको सडक कथा तथा नाटक प्रदशन गरिएको थियो ।

जसमा चेलीबेटीले खेपेका पीडा वेदना, आजसम्म घटेका महिला हिँसा, समाजको बलात्कारी प्रवृत्ति र संस्कार, सार्वजनिक क्षेत्र बिद्यालय, बसपार्क, क्याम्पस, आदि कार्यलयमा हेरिने महिला माथीको गिद्दे नजर तथा व्यवहार, सामाजिक सञ्जालमा गरिने दुर्व्यहार बारे कुरा उठाइएको थियो ।

यस्ता सिर्जनात्मक तथा रचनात्मक किसिमले बिरोध कार्यक्रम कर्णाली अध्ययन केन्द्रले गर्दै आएको, समय बमोजिम गर्दै आउने कार्यक्रमका अध्यक्षताको भूमिका निर्वाह गरेका कर्णाली अध्ययन केन्द्रका संयोजक मिलन बिसीले जनाए  ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments