Incident Reports

कान्तिपुरका फोटो पत्रकार अधिकारी घाइते

2021-02-11

कान्तिपुरका फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेको विरोधमा नयाँ बानेश्वरमा गरिएको प्रदर्शनको तस्बिर लिने क्रममा अधिकारी घाइते भएका हुन् । उनको कुर्चुच्चाको हड्डी भाँचिएको चिकित्सकले बताएका छन् ।  

एभरेस्ट होटल नजिक आन्दोलनकारीमाथि प्रहरीले लाट्ठी हान्‍ने क्रममा भागदौड हुँदा अधिकारी लडेर घाइते भएका हुन् । सिभिल अस्पतालमा अधिकारीको उपचार भइरहेको छ ।

नेकपाको दाहाल–नेपाल समूहकी झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार दिउँसो शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । त्यसपछि आक्रोशित नेकपा नेता, कार्यकर्ताले माइतीघरदेखि नयाँबानेश्वरसम्म अपराह्न प्रदर्शन गरेका थिए ।

झाँक्रीको रिहाईका लागि नेकपाको प्रदर्शन, विभिन्न दलका नेताहरुले माग गरेपछि प्रहरीले बिहीबार साँझ नै उनलाई रिहा गरेको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।

यसैबीच फोटो पत्रकार क्लबले प्रदर्शनका क्रममा धरपकडमा परी घाइते अधिकारीको शिघ्र स्वस्थ्यलाभको कामना गर्दै आन्दोलनरत पक्ष र सरकारलाई संयमता अपनाउन र चौथो अंगको रुपमा मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Blunt weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments