Incident Reports

डडेल्धुरामा भागरथीको न्यायका लागि डोको बोकेर प्रदर्शन

2021-02-12

२०७७ माघ ३० ०६:१७
धनगढी:
डडेल्धुरामा भागरथी भट्टको न्यायका लागि डोको बोकेर प्रदर्शन गरिएको छ ।
शुक्रबार डडेल्धुराका तिलक हमाल चरिले भागरथीका हत्यारालाई कारवाहीको माग गर्दै डोकोमा प्लेकार्ड टाँसेर प्रदर्शन गरेका हुन् ।उनले भागरथीका हत्यारा पत्ता लगाउनुपर्ने लगायतका मागहरु लेखिएका पम्पलेटहरु डोकोमा टाँसेर सदरमुकाम परिक्रमा गरेका थिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो।उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुस्टि भइसकेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments