Incident Reports

भागरथीकाे हत्यारालाई कारवाहीको माग गर्दै दार्चुलाको गोकुलेश्वरमा प्रदर्शन

2021-02-11

दार्चुला: बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै दार्चुलाको गोकुलेश्वरमा पनि प्रदर्शन गरिएको छ।

बिहीबार दिउँसो भागरथीलाई न्याय दिलाउन भन्दै शान्तिपुर्ण र्‍याली र दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

गोकुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहकार्यमा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशिल संस्था वाइड नेपालले बलात्कारी पत्ता लगाउनुपर्ने माग राख्दै शान्तीपुर्ण र्‍याली एवं दीप प्रज्वलन गरिएको वाइड नेपालका अध्यक्ष बिस्ना धामीले बताइन।

गत बुधबार विद्यालयबाट घर फर्किने क्रममा बलात्कार गरेर हत्या गरिएकी भट्टको शव बिहिवार साँझ लवलेक जङ्गलमा फालिएको अवस्थामा भेटिएको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students , CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments