Incident Reports

ओलीको गृहनगरमा बुहारीको प्रदर्शन

2021-02-14

Province 1, Jhapa, Damak

झापा– बैतडी दोगडा केदारकी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको घटनामा संलग्नलाई करबाही माग गर्दै आइतबार दमकमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन् ।

दमकका बुहारीहरुले दमकको गणतन्त्र चोकमा भेला भई बालिका हत्यामा संलग्नको खोजीमा सरकार उदाशिन बनेको भन्दै अविलम्ब पक्राउ गर्न माग गरेका हुन् ।

मेची महामहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको आह्वानमा भेला भएका बुहारीहरुले महिलामाथि हुने सवै प्रकारका हिंशा रोक्न, बलाकारका घटनामा संलग्नलाई तुरुन्त पक्राउ गर्न, कानून अनुसार कारबाही गर्न लगायतका माग राख्दै प्लाकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए ।

परिवार र समाजमा छोरी चेलीहरु असुरक्षित भइरहेको र अपराधमा संलग्नहरु समेत पक्राउ नपरेकाले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको आयोजक संस्थाकी जमूना निरौला अधिकारीले बताइन् ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments