Incident Reports

द्वन्द्वपीडित पहिचान नहुँदा राहतबाट बञ्चित l

2014-06-20

Shiva Prasad Dhungana द्वन्द्वपीडितहरूको निवेदन छानबिन गर्न स्थानीय शान्ति समिति ओखलढुङ्गाले गठन गरेको छानबिन समितिले काम नगर्दा पीडितहरूको पहिचान हुन सकेको छैन । पीडितको पहिचान नभएपछि राहतका लागि निवेदन दिएका द्वन्द्वपीडितहरूले राहत पाएका छैनन् । समितिको बैठ बस्न नसक्दा द्वन्द्वपीडित पहिचान गर्न समस्या भएको हो । ०७० जेठ २५ गते बसेको स्थानीय शान्ति समितिको बैठकले गरेको निर्णय अनुसार ०७० असार १९ गतेदेखि काम गर्ने गरी जिल्लास्थित पाँच राजनीतिक दलका प्रतिनिधि रहने समिति गठन भएको थियो । स्थानीय शान्ति समितिमा राहतका लागि १ हजार ८ सय द्वन्द्वपीडितहरूले सम्पति क्षति तथा विस्थापित भएको निवेदन दिएका थिए । निवेदन दर्ता गरेको तीन वर्षबिते पनि पहिचान नभएकाले जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्न सकेको छैन । पीडितको निवेदनमाथि छानबिन नभएपछि इन्सेकको पहलमा ०७० जेठ १९ गते छानबवन समिति बनेको थियो । निवेदन छानबिन नभएपछि जिल्लामा द्वन्द्वपीडितको संख्या समेत यकिन छैन । यसअघि १ सय ८८ जना मृतक परिवारले भने राहत पाइसकेको शान्ति समितिको तथ्याङ्कमा उल्लेख छ । दलका प्रतिनिधिहरूको उपस्तिथि नभएपछि छानबिन गर्न नसकिएको स्थानीय शान्ति समितिका संयोजक चम्पा कार्कीले जानकारी दिए । खेतिपातीको सिजन भएकाले सबै दलका साथीहरू आउन नसकेकाले छानबिन गर्न नसकिएको उनले बताए ।

0 Comments

Related Reports