Incident Reports

कपिलवस्तुमा १६ बर्षीया भान्जीलाई आफ्नै मामाले गरे बलात्कार

2021-02-12

Lumbini, Kapilbastu, Bijayanagar

काठमाडौं, ४ फागुन । कपिलवस्तुमा मामाबाट भान्जी बलात्कृत भएकी छन् । शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा चर्पी गर्न भन्दै रोकेर मामाले बलात्कार गरेका हुन् ।

१६ बर्षकी भान्जी (पीडित किशोरी) कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन् । सोही कार्यक्रममा बसेर साँझ भएपछि जेठा मामाले कान्छा भाईलाई घर पुर्याउन लगाएका थिए ।

प्रहरीका अनुसार घरबाट दीदीले आफ्ना भाइलाई छोरीलाई घर पुर्याइ दिन आग्रह गरेकी थिइन् । र, जेठा भाईले कान्छो भाइलाई भान्जीलाई घर पुर्याइदिन आग्रह गरेका थिए । कान्छा मामासँग बाइकमा घर गएकी भान्जीले मामाबाटै बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कपीलवस्तुले जनाएको छ ।

प्रहरीले आइतबार नै मुद्धा परेको र पीडक मामालाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पीडित भान्जीले दिएको बयानमा ट्याक्टरले सडक बिगारेका कारण बाटो बिग्रीएको भन्दै अर्कै बाटो लगेर खोला किनारमा पुर्याई राति बलात्कार गरेको बताएकी छन् ।

चर्पी गर्ने भन्दै मामाले भाइक रोकेको पनि पीडित किशोरीले बताएकी छन् । पक्राउ परेका मामाको सम्बन्धमा थप अनुशन्धान गरी कारवाही अघि बढाइने प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments