Incident Reports

मोल नपाएपछि टमाटर सडकमा फालेर किसानको प्रदर्शन

2021-02-16

नवलपरासी, फागुन ४ :

स्थानीय बजारमा तरकारीले मूल्य नपाएपछि पश्चिम नवलपरासीको बर्दघाटका किसान आन्दोलनमा उत्रिएका छन्। उनीहरुले मंगलबार टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।स्थानीय उत्पादित तरकारीले मूल्य नपाएपछि किसानले नगरपालिकालाई गुहारेका थिए। उनीहरुले बर्दघाट नगरपालिका मेयर धिरज शर्मा बस्याललाई ज्ञापनपत्र बुझाउन खोजेका थिए।

तर, मेयर बस्यालले वेवास्ता गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। ज्ञापनपत्र बुझाउन नगरपालिकामा पुगेका किसानले मेयरको कार्यकक्षमा पनि टमाटर फालेर विरोध जनाएका छन्।किसानले नगरपालिका गेटमा पनि टमाटर फालेका छन्। नगरपालिकाले वेवास्था गरेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन्।

भारतबाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री हुने गरेको छैन। भारतीय किसानले सरकारबाट मलखाद, विउविजन तथा उपकरणमा सहुलियत पाउने भएकाले भारतको उत्पादन सस्तो हुने गरेको छ।जसले गर्दा स्थानीय बजारमा भारतबाट आएको तरकारी बिक्री हुने गरेको छ। स्थानीय उत्पादन बिक्री हुने गरेको छैन।

भारतीय तरकारीकै मूल्यमा बिक्री गर्दा लागत पनि नउठ्ने गरेको स्थानीय किसान जिमिरेभार बजार विकास समितिका अध्यक्ष नरबहादुर थापाले बताए। किसानको मागलाई वेवास्था गर्नु गलत भएको उनको भनाइ छ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments