Incident Reports

वीपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी

2021-02-17

Province 1, Sunsari, Dharan

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा तालाबन्दी भएको छ। प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा आज तालाबन्दी गरेको हो। समाजले यसअघि माघ २३ गते नै प्रतिष्ठानका रेक्टर डा.गुरु खनालको कार्यकक्षमा पनि तालाबन्दी गरेको थियो। विगत २ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया अघि बढाउनुपर्ने, नेपाल सरकारले उपलब्ध गराइसकेको जोखिम भत्ता दिइनुपर्ने, फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्ने, इन्टरनेटमा भएको अनियमितता र विद्युत चोरीमा संलग्नलाई कार्यदलले बुझाए अनुसार कारबाही गर्नुपर्नेलगायत माग राखेको छ।   यसअघि माघ २६ गते नै उपकुलपति कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम भएपनि पदाधिकारीहरुले वार्तामा बोलाएर समाजलाई केही समय पर्खन आग्रह गरेको थियो। सोही अनुसार समाजले आज बिहानसम्म विश्वासको वातावरण बनाउन प्रतिष्ठान व्यवस्थापनलाई समय दिएको थियो। ‘तालाबन्दीको कार्यक्रम पहिला नै थियो, तर पदाधिकारीहरुले समय मागेकोले हामीले पनि कम्तीमा विश्वासको वातावरण तयार त गर्नुस् भनेर समय दिएका थियौं,’समाजका अध्यक्ष डा.विष्णु पोखरेलले भने,‘तर आजसम्म पनि कुनै प्रगति भएको देखिएन। त्यसैले तालाबन्दी गरेका हौं।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments