Incident Reports

हेटौंडामा ओली निकट अनेरास्ववियूको प्रदर्शन, ‘बलात्कारीलाई फाँसी दे’

2021-02-17

Bagmati, Makawanpur, Hetauda

हेटौंडा, ५ फागुन । बुधबार बिहान हेटौंडा क्याम्पस, हेटौंडा स्कुल अफ म्यानेजम्यान्ट र मकवानपुर बहुमुखी क्याम्पसका विद्याथीहरुले कलेजको गेटबाट जिल्ला प्रशासन कार्यलयसम्म बलात्कारीलाई फाँसीको माग गरेका छन् ।

नाराजुलुस लगाउँदै उनीहरुले गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका गोविन्द प्रसाद रिजालमार्फत् ज्ञापन–पत्र समेत बुझाएका छन् ।

ओली निकट अनेरास्ववियू मकवानपुरले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दे प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएर प्रदर्शन सुरु गरेका विद्यार्थीहरुले हेटाँैडाको विभिन्न चोक परिक्रमा गरेका थिए । उनीहरुले ‘बलात्कारीलाई फाँसी दे’ ‘अपराधिलाई फाँसी दे’, ‘राजनीतिकरण बन्द गर’, ‘महिला हिंसा बन्द गर’, ‘नेपाल सरकार होसियार’, ‘निर्मलालाई न्याय दे’, ‘भागरथी हामी साथमा छौ’लगाएतका नारा लगाएका थिए ।

प्रर्दशनमा ओली निकट नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता महेश बर्तौला, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेल, अनेरास्ववियूका केन्द्रीय सदस्य नविन मिश्र, अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङलगाएतको सहभागिता रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments