Incident Reports

धनगढीको एक यातायात प्रालिका पदाधिकारीबीच हात हालाहाल

2021-02-17

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारी दुई समूहमा विभाजित भएपछि विवाद सिर्जना भएको छ।सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुबीच साधारणसभाको विषयलाई लिएर द्वन्द सिर्जना भएपछि विवाद बढेको छ। प्रालिका निवर्तमान अध्यक्ष अनन्तराज जोशीलाई बाइपास गर्दै सञ्चालक समितिकै पदाधिकारी दिलबहादुर खोलौलाले आफ्नो नेतृत्वमा समिति गठन गरेपछि विवाद चर्किएको हो।

बुधबार कार्यालयमा आमनेसामने भएका दुबै समूहबीच हात हालाहाल समेत भएको छ। तर प्रहरीको उपस्थितीका कारण झडप हुनबाट जोगिएको थियो।

खोलौला समूहले प्रालिले प्रावधानअनुसार साधारण सभाको आयोजना गरेर नयाँ सञ्चालक समिति गठन गरेको जनाएको छ। जाेशी समूहले ३ वर्षसम्म साधारण सभा नबोलाएको भन्दै बहुमत सदस्यहरुको उपस्थितिमा नयाँ समिति गठन गरको दावी खोलौलाको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments