Incident Reports

शिक्षक माग गर्दै विद्यालयमा तालाबन्दी

2021-02-19

Bagmati, Sindhuli, Golanjor

सिन्धुली —

लामो समयदेखि अंग्रेजी विषय पढाइ नभएको भन्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ नयाँखर्कस्थित माध्यमिक विद्यालय नयाँखर्कका ९ र १० कक्षाका विद्यार्थीले शुक्रबारबाट विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

व्यवस्थापन समिति तथा विद्यालय प्रशासन समक्ष तत्काल अंग्रेजी शिक्षकको व्यवस्था गर्न माग राख्दै विद्यालयको मुलगेटमा तालाबन्दी गरेको स्थानीय विवश थापाले जानकारी दिए ।

मुलगेटमा तालाबन्दी भएपछि शुक्रबार सबै कक्षाको पढाई प्रभावित भएको छ । अंग्रेजी विषयको पढाईनै नभई परीक्षा सञ्चालन हुने गरेको विद्यार्थीहरुको भनाई छ । अंग्रेजी शिक्षक कृष्ण थापा लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेको तथा विद्यालयमा हुँदा समेत नपढाएको विद्यार्थीको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक मनोज शाहका अनुसार विषयगत शिक्षकलाई उपस्थित गराइ विद्यार्थीहरुको समस्या समाधान गरि पढाइ सुरु गर्न पहल भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments