Incident Reports

सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने निर्देशिकाविरूद्ध माइतीघरमा प्रदर्शन

2021-02-20

Bagmati, Kathmandu, Kathmandu

सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने निर्देशिकाविरूद्ध युथ कांग्रेसले शान्तिपूर्ण प्रदर्शन गरेको छ। 

शनिबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न कार्यक्रम गर्दै युथ कांग्रेसले प्रदर्शन गरेको हो।

युथ कांग्रेस नेपाल लोकतन्त्रवादी युवाहरूको समूह हो। यो समूह नेपालमा लोकतन्त्रलाई बलियो बनाउनको लागि सक्रिय रहेको छ भने लोकतन्त्र र नागरिक स्वतन्त्रताको बारेमा वकालत पनि गर्दै आएको छ।


विभिन्न नारा लेखिएको पम्पप्लेटसहित सहभागीले प्रदर्शन गरेका थिए।

लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको नागरिकको स्वतन्त्रता र बोल्न पाउने अधिकारविरूद्ध अंकुश लगाउने निर्देशिका कुनै पनि हालतमा मान्य नहुने उनीहरूको भनाइ छ।  


‘सरकारले ल्याउन लागेको यस निर्देशिकाले नियोजित हिसाबले कुनै पनि व्यक्तिको विचार र अभिव्यक्ति माथि अंकुश लगाएर सरकारविरूद्ध उठ्ने गरेको विरोधलाई रोक्नको लागि यस निर्देशिका जारी गर्न खोजेको देखिएको छ’, प्रदर्शनमा सहभागी एक युवाले भने।

सरकारले तयार पारेको निर्देशिका जारी भए सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेको तथा लाइक, कमेन्ट गरेकै कारण विद्युतीय कारोबार ऐन अन्तर्गतको सजाय भोग्नुपर्नेछ।


यस्ता किसिमको नागरिकको हक र स्वतन्त्रतालाई कुण्ठित बनाउने निर्देशिका सरकारले फिर्ता नगरेसम्म विभिन्न प्रदर्शन गरिनै रहने युथ कांग्रेस नेपालले चेतावनी पनि दिएको छ।

तस्बिरहरू:

 

 

 





















Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments