Incident Reports

कञ्चनपुरमा प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते, अस्पताल भर्ना

0021-02-22

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 9

कञ्चनपुर :

भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापक खडक सिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन्।विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाअध्यापक विष्टले कुटेपछि उनलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा चोट लागेको छ।

छात्राका बुवा पदमले भने, ‘छोरी विद्यालय गएकी थिई, घर आउँदा बेहोस भई। अस्पताल ल्याएका छौँ, टाउकोमा चोट लागेको छ।’छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए।

घटनाबारे विद्यार्थी संघ संगठन महिला अधिकारकर्मीले विरोध जनाएका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही माग गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments