Incident Reports

उत्तरपुस्तिका साटेको आरोप लगाउँदै विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

2021-02-23

Province 1, Dhankuta, Dhankuta

धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । स्नातक तह तेस्रो वर्षको परीक्षाका क्रममा सहायक क्याम्पस प्रमुखले विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

एक महिला परीक्षार्थीले लेखेको वस्तुगत प्रश्नको उत्तरपुस्तिकालाई मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्र पोखरेलले निकालेर त्यसको ठाउ“मा आफैले लेखेको उत्तरपुस्तिका राखेको आरोप छ ।क्याम्पसमा कार्यरत समेत रहेकी ती परीक्षार्थीलाई बढी नम्बर दिलाउन परीक्षार्थीसँगकै मिलेमतोमा सहायक क्याम्पस प्रमुख पोखरेलले कपी साटेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

परीक्षाको नियम र मर्यादाविपरीत सहायक क्याम्पस प्रमुखले अमर्यादित क्रियाकलाप गरेको पाइएकाले उनलाई निलम्बनको माग गर्दै तालबन्दी गरिएको नेविसंघ क्याम्पस इकाई समितिका सभापति करुणा कटुवालले बताइन् ।नेविसंघले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरेर कारबाहीका लागि २४ घण्टे अल्टिमेटम समेत दिएको छ ।यता अनेरास्ववियूले पनि मंगलबार प्रेस विज्ञप्ति जारी गरेर दोषीलाई तत्काल कारबाहीको माग गरेको छ ।

‘क्याम्पस प्रशासनमा भएको गतिविधिको हाम्रो संगठन घोर निन्दा गर्दै सत्य तथ्य छानविन गरी दोषीउपर तत्काल त्रिभुवन विश्वविद्यालयको नियम अनुसार कारबाही गर्न माग गर्दछ’ अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटी संयोजक सञ्जीव लिम्बू र सह–संयोजक सन्तोष बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस विषयलाई क्याम्पस प्रशासन र परीक्षा शाखाले २४ घण्टाभित्र सत्य तथ्य जानकारी नदिएको खण्डमा अनेरास्ववियू जस्तोसुकै आन्दोलनको नेतृत्व गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

सहायक क्याम्पस प्रमुख पोखरेलले आफूले उत्तरपुस्तिका नसाटेको दावी गरेका छन् । ‘मलाई फसाउन नियतवस र योजनावद्ध रुपमा आरोप लगाइएको छ । यो विषयमा छानविन हुँदैछ ।सत्य तथ्य पत्ता लाग्ला,’ पोखरेलले भने–‘मेरो दोष देखियो भने कारबाही भोग्न तयार छु । तर, आरोप पुष्टि भएन भने आरोप लगाउनेलाई पनि कारबाही हुनुपर्छ ।’

क्याम्पस प्रमुख होमबहादुर बस्नेतले पनि उत्तरपुस्तिका नसाटिएको दावी गरेका छन् । परीक्षाको विषयमा प्रश्न उठेपछि आफूले पनि यो विषयमा थप अध्ययन गरिरहेको र केन्द्रीय परीक्षा बोर्डका अध्यक्षलाई पनि जानकारी गराइसकेको बस्नेतले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments