Incident Reports

महोत्तरीको गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा ताला

2021-02-25

Madhes, Mahottari, Gaushala

महाेत्तरी – महोत्तरीको गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । विद्यालयमा ताला लगाएर विद्यार्थीले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

कक्षा ९, १०, ११ र १२ का प्राविधिकतर्फका विद्यार्थीसँग विद्यालयले रकम उठाएको बिषयमा
विद्यालयमा तालाबन्दी भएको हो । विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीसँग जनही १७ हजार तथा कक्षा ९ र १० का विद्यार्थीसँग आठ हजार पाँच सय रुपैयाँका दरले रकम उठाएको विद्यार्थीको गुनासो छ ।

शुल्क उठाएको विषयबारे विद्यार्थीको गुनासो रहेको विद्यालयका प्राविधिकतर्फका संयोजक सुरेन्द्र साहले बताउनुभयो । गौशाला नगरपालिकाका प्रवक्ता भोजबहादुर दर्लामीले विद्यार्थीका १३ बुँदे मागबारे छलफल गरी समाधान खोज्ने बताउनुभएको छ ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments