Incident Reports

बालाजु सडक विस्तारविरुद्ध माइतीघरमा प्रदर्शन

2021-02-26

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – उपत्यकाको सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरिएको हो।

बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा नेवाः देय् दबूको अगुवाईमा विरोध प्रदर्शन भएको हो।

उनीहरुले काठमाडौँ महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार भत्काएपछि पक्राउ परेका अभियन्ताहरुको पनि रिहाइको माग गरेका छन्।

विकासको नाममा आफूहरुकाे उठिबास गराएर प्रतिगमन गर्न खोजिएको आरोप उनीहरुले लगाएका छन्। बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीको माग छ।

मातृ भाषामा कुरा गर्दा प्रहरीले दुर्व्यवहार गरेको आरोप पनि उनीहरुले लगाएका छन्।

                         

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments