Incident Reports

क्रसर उद्योगले गाउँ नै जोखिममा परेपछि केराबारीमा प्रदर्शन

2021-02-28

Province 1, Morang, Kerabari, Ward 8

१६ फागुन, विराटनगर ।

मोरङको केराबारी गाउँपालिका- ८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका-८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।

खदम खोलामा दुई उद्योगले अबैध उत्खखन गरेको स्थानीय जीतबहादुर बस्नेतले बताए ।गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलले मिलेमतोमा अवैध उत्खनन भएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुन् । महादेव मिनरलमा उनको पनि लगानी रहेको स्थानीयको आरोप छ । अध्यक्ष कार्कीले प्रतिक्रिया लिन पुगेका पत्रकारसँग कुरा गर्न मानेनन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments