Incident Reports

भानु माविले लकडाउन अवधीको शुल्क लिएको भन्दै अनेरास्ववियुद्धारा तालाबन्दी

2021-03-02

Bagmati, Chitawan, Bharatpur

चितवनको भरतपुर महानगर पोखरा बसपार्क नारायणगढमा रहेको आदिकवि भानु माविमा अनिश्चितकालिन तालाबन्दी भएको छ ।आदिकवि विद्यालय प्रशासनले मनोमानी रुपले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरि लकडाउन अवधीको शुल्क लिएको भन्दै अनेरास्ववियु भानु मावि कमिटीले प्रधानाध्यापकको कक्ष र लेखामा तालाबन्दी गरेको भानु माविका विद्यार्थी युवराज मगरले बताए ।

घण्टे अल्टिमेटम दिदाँदिदै पनि प्रशासनसहित प्रधानाध्यापकले बेवास्ता गरि उल्टै विद्यार्थीलाई थर्काएको मानसिक यातना दिएकोले यो कदम चाल्न मजबुर भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । साथै आफ्नो माग पूरा नभएसम्म तालाबन्दी हुने समेत विद्यार्थीहरुले जानकारी दिए ।

विद्यार्थीले उठाएका माग

अभिभावकसँग जबर्जस्ती अनलाइन क्लासको नाममा असुलेको शुल्क फिर्ता गर्ने विद्यालयको पुस्तकालयमा प्रयाप्त मात्रामा पुस्तक व्यवस्थापन गर्नु पर्ने ।विद्यालयको शौचालय, खानेपानी व्यवस्थापन साथै रेडक्रस सामग्री उपलब्ध गराउनुपर्ने ।विद्यालयले लकडाउनको समयको पनि शुल्क उठाउन खोजेकोमा उक्त कदम तुरुन्त रोक्नु पर्ने ।

यातायातको शुल्क सहुलियत गर्नु पर्ने ।क्यान्टिनको उचित व्यवस्थापन हुनुपर्ने ।विद्यालयको सामाजिक लेखा परिक्षण हुनुपर्ने ।

विद्यार्थीसँग उठाइएको प्रतति विद्यार्थी बराबर २० हजार धरौटी रकम धरौटी खातामा नभएकाले सो बारे छानबिन हुनु पर्ने ।विद्यार्थीलाई दिनु पर्ने छात्रवृत्ति लुकाइएकोले यसको जवाफ दिनुपर्ने र छात्रवृत्ति पुनः सुचारु हुनुपर्ने

विद्यालयको भौतिक सरचना निर्माण गर्दा अनियमित ढङ्गले समितिको निर्णय बेगर टेण्डर कोटेशन बिना कार्य गरि लाखौं लाख भष्ट्रचार भएकोले यसको छानविन हुनुपर्ने ।विद्यालयको अक्षयकोष हिनामिना गरि भष्ट्रचार गरिएकोमा छानविन हुनुपर्ने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments