Incident Reports

जावलाखेलमा विद्यार्थीको प्रदर्शन

2021-03-03

Bagmati, Lalitpur, Lalitpur

ललितपुरको एकान्तकुनामा सुमो गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि बुधबार जावलाखेलमा विद्यार्थीले प्रदर्शन गर्दै सडक अवरोध गरेका छन्।बुधवार बिहान साढे ५ बजे स १ ज ५६७ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट घाइते दाहालको पाटन अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरीकी दाहाल मृत्यु भएपछि कोटेश्वर क्याम्पसका विद्यार्थीहरू जवलाखेल आएर दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
बिए पहिलो वर्षमा अध्ययनरत अञ्जुका साथीहरू आएर जावलाखेलमा प्रदर्शन गरिरहेका छन्।

उनीहरूले दोषीलाई कारबाही गर, पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर लगायतका नारा लगाएर सडकमै बसेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments