Incident Reports

चोरी तस्करी मौलाएको भन्दै कञ्चनपुरका व्यापारी आन्दोलित

2021-03-08

चोरी तस्करी मौलाएको भन्दै कञ्चनपुरको दक्षिणी भेगका व्यापारीहरु आन्दोलित भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिकाका स्थानीय व्यापारीहरुले चोरी तस्करी नियन्त्रणको माग राख्दै आन्दोलित भएका हुन्। उनीहरुले सांकेतिक रुपमा सोमबार आइबीआरडी बजार समेत बन्द गराएका थिए।

उद्योग वाणिज्य संघ पुनर्वास शाखाको अगुवाइमा बजार बन्द गराएका थिए। भारतीय सीमावर्ती नाकाबाट अवैध सामानको तस्करी र भन्सार छलिका सामान आयातमा वृद्धि भएकोले नियन्त्रणको माग राख्दै बजार बन्द गराएको कञ्चनपुर उद्योग वाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण बहादुर तामाङ्गले बताए।नियन्त्रणतर्फ ध्यान नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिदै उनले फागुन २६ गते नगरपालिका घेराउ, तालाबन्दीलगायतका कार्यक्रम गर्ने समेत बताए।पछिल्लो समय कञ्चनपुरको पुनर्वास र बेलौरी क्षेत्रस्थित विभिन्न सीमा नाका भएर अवैध सामान आयात हुँदै आएको छ। लागुऔषध समेत ओसारपसार हुँदै आएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments