Incident Reports

कैलालीको अत्तरियामा चक्काजाम

2021-03-07

धनगढी :

कैलालीको अत्तरियामा सवारीसाधन बन्द गरिएको छ। अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीहरुले आधा घण्टा चक्काजाम गरेका हुन।चोकमा उड्ने धुँवाधुलोले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।

पटक–पटक गोदावरी नगरपालिका तथा सडक डिभिजन कार्यालयलाई मौखिक एवंम लिखित रुपमा जानकारी गराउँदा समेत कुनै पहल नभएपछि चक्काजाम गर्न बाध्य भएको उनले बताए।चोकमा हुने गरेको प्रदुषणका कारण आमनागरिक तथा पर्यटकलाई समेत असहज भएका कारण त्यसको छिट्टै समाधान हुनुपर्ने उनको माग रहेको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments