Incident Reports

कालोबजारी गरेको अभियोगमा व्यापारी पक्राउ

2021-03-12

Province 1, Morang, Biratnagar, Ward 11

मोरङकाे विराटनगर -११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।

उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments