Incident Reports

महाकाली अस्पतालमा सुत्केरी महिलाको शल्यक्रियापछि मृत्यु, आफन्त आन्दोलित

2021-03-11

कञ्चनपुर, २८ फागुन ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ५ की १९ वर्षीया सुत्केरी महिलाको शल्यक्रिया पश्चात मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रिका छन् ।बुधबार राति प्रसुति बेथा लागेपछि अस्पताल पुर्याइएकी ज्योति सुनारको उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोेलनमा उत्रिएका हुन् । महिलाको उपचारमा डाक्टरले लापरवाही गरेको भन्दै न्याय माग्न मृतकका आफन्तहरुले महाकाली अस्पतालको गेटमा धर्ना समेत दिएका थिए ।

अस्पताल ल्याउँदा सुत्केरी बेथा मात्र रहेको र डाक्टरले अपरेशन गर्दा गडबडी गरेकोले मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ ।सुत्केरी महिलाको उच्च रक्तचाप रहेको र मृगीको कारण कलेजो र किड्नीमा असर पारेकाले मृत्यु भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णादत्त जाशीको भनाइ छ ।

मृतक सुनारको शव बिहीवारदेखि महाकाली अस्पतालमै रहेको छ भने आफन्तले बालकको पालनपोषण र क्षतिपूर्तिको माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments