Incident Reports

बेपता झा दम्पतीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रर्दशन

2021-03-13

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम– रहस्यमय तरिकाले बेपता भएका झा दम्पतीको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाममा प्रर्दशन गरिएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवामा झा दम्पती बेपत्ता भएको दुई हप्ताभन्दा बढी भएपनि प्रहरीले अहिलेसम्म उनीहरुको पत्ता लगाउन सकेको छैन।

जनकपुरधामामा स्थानीय युवाहरुले प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै चक्का जाम गरेका छन्।

गत फागुन ११ गते राति घरबाटै बेपत्ता पारिएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झाको अवस्था अझै अज्ञात नै रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा तप्सीचोकमा चक्काजाम गरिएको हो।

उनीहरूले शनिबार बिहान ११ बजेदेखि १२ बजेसम्म एकघण्टा चक्काजाम गरेका थिए।

विरोध प्रदर्शनमा वडाध्यक्ष साहले घरबाटै बेपत्ता पारिएका झा दम्पत्तीको १९ दिन बितेपनि अवस्था अज्ञात हुनुले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न चिह्न खडा भएको बताए।

उनले अपहरित झा दम्पतीको अवस्था तत्काल प्रहरीले सार्वजनिक नगरे आज सांकेतिक चक्काजाम गरेको र दुई दिनपछि हाइवेसमेत जाम गर्ने चेतावनी दिए।

यता महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले आफूहरु घटना सम्बन्धमा अनुसन्धान गरिरहेको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments