Incident Reports

लकडाउन अवधिको सम्पूर्ण शुल्क छुटको माग गर्दै माडी क्याम्पसमा तालाबन्दी

2021-03-16

Bagmati, Chitawan, Madi, Ward 3

महेश भण्डारी,माडी ।

चितवनको माडी-३ वसन्तपुर स्थित माडी क्याम्पसमा विद्यार्थी संगठनहरुले संयुक्तरुपमा क्याम्पस तालाबन्दी गरेका छन् । गत वर्ष विस २०७६ चैत ११ देखि सुरु भएको लकडाउन अवधिभरको शुल्क तत्काल मिनाहाको माग गर्दै अखिल (क्रान्तिकारी),नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी विप्लव) माडी क्याम्पस ईकाई समितिले संयुक्त रुपमा क्याम्पसमा तालाबन्दी गरेको हो ।

मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै तीनवटै विद्यार्थी संगठनका क्याम्पस ईकाई अध्यक्षहरु क्रमशः पदम विलाश पन्त, सुरज लामिछाने र रबिन्द्र अर्यालले क्याम्पस प्रशासनलाई मागपत्र बुझाई क्याम्पसमा तालाबन्दी गरेका हुन् । उनिहरुले क्याम्पसले लकडाउन अवधीको शुल्क मिनाहा गर्नुपर्ने र सम्पूर्ण प्रयोगात्मक अभ्यासहरु सञ्चालन गर्नुपर्ने र शुल्क लिन नपाइने लगायतका माग गरेका छन् ।

मौखिक रुपमा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा माग पुरा नभएकाले आजबाट अनिस्चितकाल तालाबन्दी गर्नुपरेको जारी विज्ञप्ती जनाईएको छ । ‘माग सम्बोधन नगरी क्याम्पस प्रशासन अगाडी बढ्न खोजेमा यसबाट भैपरि आउने जस्तोसुकै परिस्थितिको भागेदारी स्वयम क्याम्पस प्रशासननै हुनेछ ।’ विज्ञप्तीमा भनिएको छ ।

‘भण्डारी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् ।’


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments