Incident Reports

मध्यबिन्दु क्याम्पसका विद्यार्थी आन्दोलित

2021-03-21

नवलपरासी — कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । क्याम्पसले लकडाउनको अवधिमा नपढाइकन विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै कलेज हातामा टायर बालेर नाराबाजी गरेका छन् ।

आइतबार बिहानैदेखि विद्यार्थीले कलेजमा नाराबाजी गरेर पठनपाठन ठप्प पारेका थिए । 

प्लस टु कल्याण मञ्चले विद्यार्थीबाट कलेजले लिएको शुल्क फिर्ता गर, विद्यार्थी एकता जिन्दावाद, शैक्षिक माफिया मुर्दाबाद जस्ता नारा लगाएका थिए । 

क्याम्पस प्रमुख मुक्तिराम पाण्डेका अनुसार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच केहीबेर अघि वार्ता सुरु भएको छ । ‘म वार्तामै छु । पछि कुरा गराैंला,’ उनले भने । कजेलको प्लस टुमा १४ सयभन्दा बढी विद्यार्थी रहेका छन् । यो क्याम्पस पठनपाठनमा देशकै उत्कृष्ट र विद्यार्थी संख्या धेरै भएको कलेजमा पर्दछ । क्याम्पसमा पहिलोपटक देखिने गरी आन्दोलन भएको हो । कलेज बाहिर सुरक्षाकर्मी परिचालित छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments