Incident Reports

युवतीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त

2021-03-23

Sudurpashchim, Kailali, Lamkichuha

धनगढीः कैलालीको लम्कीचुहामा बसको ठक्करबाट स्थानीय युवतीको मृत्यु भएपछि लम्की क्षेत्र तनावग्रस्त भएको छ।मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्। उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर पनि जलाएका छन्।प्रहरीले ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिइसकेको छ।

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

लम्कीचुहा नगरपालिका—१ स्थित लम्की इलाका प्रहरी कार्यालय अगाडी चैत १० गते प्रहरीले चलाएको गोली लागि दुई जना स्थानीय घाइते भएका छन् ।

घाइते हुनेमा लम्कीचुहा नगरपालिका—१ का २५ वर्षीय कृष्ण प्याकुरेल र सोही ठाउँका १८ वर्षीय दिपक सन्ज्याल रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिक्मत थापाले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

प्याकुरेलको पेटमा र सन्ज्यालको तिङ्घ्रामा गोली लागेको छ । पेटमा गोली लागेका प्याकुरेलको स्वास्थ्य अवस्था जटिल रहेको र सन्ज्यालको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते दुबै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बौनियाबाट टिकापुरतर्फ जाँदै गरेको ना ६८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका —१ की २२ वर्षीया कमला देवकोटाको चैत १० गते बिहान मृत्यु भएपछि आक्रोसित स्थानीयहरुले इलाका प्रहरी कार्यालय, लम्कीमा घेराउ गरी नाराबाजी गरेका थिए ।

स्थानीयहरुले इलाका प्रहरी कार्यालय,लम्कीमा घेराउ गरेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले अस्रुग्यास तथा दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर थापाले बताउनु भयो ।

बर्दगोरिया गाउँपालिका—१ निवासी ३१ वर्षीय बस चालक पुष्प कडेललाई प्रहरीले घटना स्थलबाटै गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 2
Youth Injured 1
National/Online Media , INSEC

0 Comments