Incident Reports

चीनबाट फर्केका एमबिबिएस विद्यार्थी आन्दोलित

2021-03-23

काठमाडौँ / कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिलअगाडि धर्ना दिएका हुन् ।

विद्यार्थीहरुले छ महिनाअगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरु समस्यामा परेको बताएका छन् ।

सन् २०१४को ब्याचमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको गतवर्ष इन्टर्नसीप रहेको र तीन महिनादेखि दस महिनासम्म इन्टर्नसिप गर्न बाँकी रहेको विद्यार्थीहरुले बताएका छन् । पढाइ पूरा गरेर काम सुरु गर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पूरा गर्न नपाउँदा अनिश्चित भएर बस्नुपरेको पनि विद्यार्थीहरुले बताएका छन् ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरुसँग कुराकानी गर्दै सन् २०१४ ब्याचका विद्यार्थीहरुको जस्तै सन् २०१५ का विद्यार्थीहरुको समेत समस्या हुने देखिएकाले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए । तर कानुनअनुसार सहजीकरण गर्नका लागि छलफल भइरहेको पनि बताए । चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको पनि डा. पौडेलले बताए ।

कतिपय विद्यार्थीहरुले काउन्सिलले लिने परीक्षासमेत पास गरिसकेका छन् तर इन्टर्नसिप पूरा गर्न नपाउँदा लाइसेन्स पाउन नसकेको विद्यार्थीहरुले बताएका छन् । बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालयअन्तर्गतका मेडिकलहरुमा इन्टर्नसिप पूरा गर्न पाउने इन्टर्नसिप गाइडलाइनमा व्यवस्था भएअनुसार आफूहरुको समस्या समाधान हुनुपर्ने माग विद्यार्थीहरुको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Government Relief
Actor 1 - Number of people 152
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments