Incident Reports

सर्लाहीमा टाउको छिनालेर हत्या गरेको आरोपमा दुईजना पक्राउ

2021-03-24

Madhes, Sarlahi, Malangawa, Ward 10

सदरमुकाम मलंगवामा एक युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। बुधवार रातिदेखि बेपत्ता मलंगवा नगरपालिका–१० का ३० वर्षीय सुशील रायको शव बिहीबार बिहान घाँटी काटेर हत्या गरिएको अवस्थामा मलंगवा-९ मा फेला परेको थियो।

उनको हत्या आरोपमा ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र ४० वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। पक्राउ परेकामध्ये कमल मलंगवा-९ का हुन्। अशोक भारतीय नागरिक भएको प्रहरीले जनाएको छ। अशोक लामो सयमदेखि मलंगवामा बस्दै आएका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपी लागू औषध प्रयोगकर्ता भएको पाइएको एसपी राठौरले बताए। बुधबार साँझ समेत उनीहरु सँगै बसेर लागूऔषध सेवन गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। कमल र सुशीलबीच आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरोपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

सुशीलको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो। शरीर भेटिएको ठाउँभन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ। मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझिसकेका एसपी राठौरले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports