Incident Reports

पाँच महिनाको तलबभत्ता नपाएको भन्दै प्रदेश २ का स्वास्थ्यकर्मी आन्दोलित

2021-03-24

Madhes, Dhanusha, Janakpur

कोरोना महामारीका बेला प्रदेश २ का विभिन्न कोरोना विशेष अस्पतालमा करारमा खटिएका स्वास्थ्यकर्मीहरू पाँच महिनाको तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रेका छन्।

दिनरात जोखिम उठाई कोरोना संक्रमितको उपचारमा खटिएका करार सेवाका कर्मचारीहरूले तलबभत्ताको माग गर्दै आज प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि दुई घण्टा चक्काजाम समेत गरेका थिए।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले गत असार महिनासम्म करारको नियुक्ति दिई खटाएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूले काम छोडेको ९ महिना बितिसक्दा पनि उनीहरूलाई अहिलेसम्म तलबभत्ता उपलब्ध गराइएको छैन।

आफूहरूले काम गरेको बापत तलबभत्ता यथाशीघ्र उपलब्ध गराउन माग गर्दै आफूहरूले बाध्यतावश चक्काजाम गरेको आन्दोलनरत ल्याब असिसटेन्ट सुशील यादवले बताउँछन्।

तलबभत्ता भुक्तानी नै नगरी आफूहरूलाई पुस ५ गतेदेखि काममा आउन रोक लगाइएको र बक्यौता रकम माग्दा कुनै सुनुवाइ नगरिएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताएका छन्।

विगतको तलब भुक्तानी गर, जोखिम भत्ता उपलब्ध गर, दरबन्दी सिर्जना गर, जागिर सुनिश्चित गर लगायतका लेखिएका प्लेकार्ड बोकेर ४ बुँदे मागसहित उनीहरू आन्दोलित भएका हुन्।                         

जनकपुरधामको बारहबिघा मैदानबाट सुरू गरिएको विरोध प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटसम्म पुगेको थियो। 

यसअघि पीडित  स्वास्थ्य कर्मचारीहरूले आफूहरूको तलबभत्ता उपलब्ध गराई दिन भन्दै माग गर्दै तीनपटक मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन्। 

कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित करिब ४ सय जना करार सेवाका कर्मचारी आन्दोलित छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments