Incident Reports

कालोपत्रे नगरेको विरोधमा स्थानीयद्वारा जोरपाटी-सुन्दरीजल सडक अवरुद्ध

2021-03-27

Bagmati, Kathmandu, Gokarneshwor

काठमाडौं :

जोरपाटी-सुन्दरीजल सडक समयमै कालोपत्रे नभएको भन्दै यहाँका स्थानीयले गोकर्ण भैरव चौरमा सडक अवरुद्ध गरेका छन्। उनीहरुले आज बिहान ८ बजेदेखि नै सडक बन्द गरेका हुन्।

बाटोमा बाँस,काठहरू राखेर सडक अवरुछ गरिएको हुनाले जोरपाटीबाट सुन्दरीजल जाने सवारीसाधनहरु चल्‍न सकेका छैनन्। त्यस्तै, सुन्दरीजलबाट जोरपाटी,चावहिल जाने सवारीसाधन पनि छिर्न सकेका छैनन्।यहाँको सडक समयमै कालोपत्रे नहुँदा धुलो र धुवाँका कारण यहाँका स्थानीयले सास्ती व्यहोर्दै आएका छन्।

'वर्षौंदेखि कालोपत्रे नभएको र पानी समेत नहाल्दा धुलोले आफूहरूको दैनिकी अस्तव्यस्त भएकोले सडक अवरुद्ध गर्नुपरेको स्थानीय सुमन श्रेष्ठले बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments