Incident Reports

हेटौंडामा दैनिकजसो चित्तल मृत अवस्थामा भेटिएको भन्दै विद्यार्थीले गरे प्रदर्शन

2021-03-28

Bagmati, Makawanpur, Hetauda, Ward 10

हेटौंडा ।

हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको परिसर भित्र एक चित्तल मृत अवस्थामा फेला गरेको छ । चित्तललाई कुकुरले मारेको हुनसक्ने अनुमान गरिएको छ ।आइतबार विहान क्याम्पस परिसरमा चित्तल मरेको अवस्थामा भेटिएपछी मृत चित्तल सडकमा ल्याएर क्याम्पस प्रशासन विरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

बाहिरका भुस्याहा कुकुर र क्याम्पस भित्रै पालिएका कुकुरहरुले हरेक दिन चित्तल मार्ने गरेको विद्यार्थीहरुले बताएका छन् । पछिल्लो एक हप्तामा ३ वटा चित्तल मृत भेटिएको फरेष्ट्रीका विद्यार्थीले बताएका छन् ।

दैनिक वन्यजन्तुको मृत्यु भैरहदा पनि क्याम्पस प्रशासनले कुनै ध्यान नदिएको र अन्य सम्बन्धित निकायले चासो नदिएको भन्दै विद्यार्थीले आज बिहान पुर्व-पश्चिम राजमार्ग अन्तर्गत फरेष्ट्री क्याम्पस अगाडीको सडकमा प्रदर्शन गरेका थिए । विद्यार्थीको प्रदर्शनले केहि समय सवारी आवातजावतनै रोकिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments