Incident Reports

हुलाकी सडक बनाउन रोकेको भन्दै ठोरीमा आन्दोलन र तालाबन्दी

2021-04-01

Madhes, Parsa, Thori, Ward 2

१९ चैत, काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडक निर्माण गर्न अवरोध गरेको भन्दै पर्साको ठोरीका वासिन्दाले निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।

निकुञ्ज प्रशासनले सडक निर्माण गर्न रोक लगाउँदा ठेकेदारले सडक अलपत्र पारेर हिँडेको भन्दै उनीहरुले निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनशक्ति सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

ठोरी गाउँपालिका–२ स्थित मध्यवर्ती उपभोक्ता समितिको कार्यालय अगाडि भेला भएका स्थानीयले चितवन राष्ट्रिय निकुञ्जविरुद्ध नाराबाजी पनि गरे ।स्थानीय वासिन्दाले सडक निर्माणका लागि वातावरण बनाउन चितवन राष्ट्रिय निकुञ्जमा पहल गर्न मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरुसँग आग्रह गरेका थिए ।

स्थानीयको भेलाले सडक निर्माणका लागि दबाव दिन भन्दै स्थानीय जगेन्द्र पौडेलको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरेका छन् । सडक निर्माणलाई निरन्तरता दिन माग गर्दै शुक्रबार गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइने पौडेलले बताए ।चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सडक निर्माण गर्न नदिएका कारण ठोरीमा हुलाकी सडकको करिब ७ किलोमिटर निर्माण सम्पन्न हुन बाँकी छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments