Incident Reports

प्रदूषणमा ‘सरकारी मौनता’ विरुद्ध सिंहदरबारअगाडि विद्यार्थीको प्रदर्शन

2021-04-02

काठमाडौँ — डढेलो र वायुप्रदूषणले जनस्वास्थ्य संकटमा परे पनि सरकार मौन बसेको भन्दै युवा–विद्यार्थीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।  हातमा बिरुवा र वातावरण संरक्षणका सन्देश लेखिएका ब्यानर बोकेर सिंहदरबार पुगेका उनीहरूमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ विश्वकै प्रदूषित सहरमध्ये एक नम्बरमा हुँदा पनि वातावरण मन्त्रालयले  सुधारका लागि कुनै दीर्घकालीन योजना नल्याएको भन्दै विद्यार्थीले आक्रोश पोखे ।

सिंहदरबारको पश्चिम गेटअगाडि प्रदर्शन गरेका उनीहरूले वातावरणीय संकटकाल घोषणा गर्न मागसमेत गरे । विद्यार्थीहरूको प्रदर्शनपछि प्रहरीले उक्त क्षेत्रमा कडाइ गर्दै बटुवाहरूमाथिसमेत खानतलासी बढाएको थियो ।  

केही दिनयता प्रदूषण ह्वात्तै बढेपछि सरकारले विद्यालय बन्द गरेको छ । प्रदूषणले श्वासप्रश्वासलगायत विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने विज्ञले औंल्याएका छन् ।



  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments