Incident Reports

गाउँपालिकाले सयममा सिफारिस नदिदा गर्भवती महिलाको ज्यान गएको पीडित पक्षको आरोप

2021-04-15

Karnali, Humla, Chankheli, Ward 5

चंखेली गाउँपालिका–५ नेप्काकी ३७ वर्षीया वेल्कु तामाङलाई थप उपचारका लागि सुर्खेत लैजान हवाई उद्धारका लागि चंखेली गाउँपालिकाले समयमा सिफारिस दिन नसक्दा चैत ३० गते उनको घरमै ज्यान गएको स्थानीयबासी मदन तामाङले आरोप लगाउनु भएको छ । गएको तीन दिनदेखि उनलाई प्रसुति व्यथा लागेको थियो ।

गाउँमा उपचार नहुने भएपछि हामीले उहाँलाई थप उपचारका लागि सुर्खेत लैजाने योजना अनुसार विभिन्न निकायमा चैत २७ गते बिहानैदेखि खबर गर्यौं’ उनले भने, ‘गाउँपालिकाका अध्यक्षको फोन अफ भएको र अन्य कर्मचारी सम्पर्कमा नआएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रममा प्रक्रिया गर्न भएको ढिलाईका कारण हेलिकप्टर नउड्दैं गाउँमा उहाँको ज्यान गयो ।’ उनका अनुसार स्थानीय नेप्का आधारभूत स्वास्थ्य केन्द्रले आउँदो वैशाख दोस्रो हप्ता अन्तिममा डेलिभरी डेट (मिति) दिइएकी तामाङलाई तीन दिन अगाडीदेखि प्रशव पिडा शुरु भएपनि घरमै राखेर सामान्य उपचार गरिएको थियो ।

तामाङको स्वास्थ्य अवस्था नाजुक भएको खबर पाउने बित्तिकै आफूले हवाई उद्धारका लागि पहल गरेको भएपनि समयमा गाउँपालिकाको सिफारिस नआएका कारण उनको ज्यान बचाउन नसकेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमूख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । कार्यालयको कामले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका सिंहले भने, ‘तीन दिन अगाडीको केस रहेछ हामीलाई आज (आइतबार) बिहान मात्रै खबर आयो ।’

खबर आउने वित्तिकै आफूले जिल्ला प्रशासन कार्यालय र राष्ट्रपति महिला उद्धार कार्यक्रममा समेत समन्वय गरेको बताएका प्रमुख सिंहले थपे, शुरुमा उद्धार गरिने महिला भएको सम्बन्धित गाउँपालिकाको सिफारिस र निर्णय नभए नेपाली सेनाको हेलिकप्टर पठाउन नसकिने प्रक्रियागत झण्झटले चंखेली गाउँपालिकाको सिफारिस आउन ढिला गरेकाले बिडम्बना वेल्कुलाई बचाउन सकिएन ।’

हवाई उद्धारका लागि राष्ट्रपति उद्धार कार्यक्रमले स्थानीय तहको पुष्ट्याई नभइ स्विकृत नगर्ने भएकाले पनि समस्या हुने गरेको जनस्वास्थ्य अधिकृत सिंहले स्विकार गरे । मृत्यु भएकी तामाङका पाँच ओटा छोरा र श्रीमन छन् ।

नन्द सिंह

0 Comments