Incident Reports

‘खैरे’ कुकुरका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन

2021-04-15

Bagmati, Kathmandu, Kathmandu

कुकुरको हत्या गरेको विरोधमा राजधानीमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार राजधानीको माइतीघरमा भेला भएका पशु अधिकारकर्मीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

विभिन्न नारा अंकित प्लेकार्डसहित भेला भएका उनीहरुले ‘खैरे’ नामको सो कुकुरको विभत्स हत्याको कडा शब्दमा विरोध गर्दै पशु अधिकारको रक्षा गर्न माग गरे ।

केही दिनअघि काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेका थिए । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको भाइरल भिडियोमा देखिन्छ ।

८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जियार सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments