Incident Reports

समाचार संकलन गर्न गएका सम्पादकलाई काठमाडौँ भ्यु टावरका ठेकेदारको आक्रमण

2021-04-12

Bagmati, Kathmandu, Tarakeshwor

नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँमाथि भौतिक आक्रमण भएको छ । काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाण्डौं भ्यू टावर’को प्रगति विवरणबारे रिपोर्टिङ गर्न पुगेका गुरागाईँलाई त्यहाँका ठेकेदारसहितको टोलीले आक्रमण गरेको हो । आक्रमणका क्रममा सञ्चार सामग्री तोडफोड तथा ज्यान मार्ने धम्कीसमेत दिएको पीडित सञ्चारकर्मीले बताएका छन् ।

सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण,पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको,हेमचन्द्रलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको सम्बन्धमा सोमवार रिपोर्टिङ्ग गर्न पुगेका गुरागाईँलाई ठेकेदार मनोज भेटवाल,उनका दाजु भैरव भेटवाल र मनोजका सुपरभाइजर ज्ञानबहादुर रायको मिलेमतोमा आक्रमण भएको हो । उनीहरुले भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेको गुरागाईँले बताए ।

पत्रकार गुरागाईँले आक्रमणमा संलग्न सबैलाई कारवाही गर्न र तोडफोड भएको सञ्चार सामग्रीको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । यस विषयमा आफूले प्रहरी परिसर टेकुमा जानकारी गराएको उनले बताए । प्रहरीले जाहेरी लिन नमानेको उनले गुनासो गरेका छन् । प्रहरीले भने आक्रमणकारी तीनै जना मोबाईल स्विच आफ गरेर फरार भएको बतायो ।

नेपाल आज प्रालिले सोमवारै विज्ञप्ति प्रकाशित गरी घट्नाको निन्दा गरेको छ। विज्ञप्तिमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन, क्षती भएको सञ्चार उपकरणको उचित क्षतिपुर्ति दिलाउन र ज्यान मार्ने धम्की दिनेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न माग गरिएको छ।

सार्वजनिक प्रयोजनको लागि निर्माणाधिन टावरको निर्माणका क्रममा भईरहेको अनियमित कृयाकलापको छानविन गर्न समेत विज्ञप्तिमा सम्वन्धित निकायको ध्यानाकर्षण गराइएको छ । ‘पत्रकार माथि भएको यस्तो जघन्य घट्नामा संलग्नलाई कानुनी कारवाही र क्षतिपुर्तिको ब्यवस्था नभए हामी आन्दोलनमा उत्रिन वाध्य हुने छौं’ विज्ञप्तिमा भनिएको छ–‘त्यसवाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी राज्य संयन्त्रले लिनु पर्ने चेतावनी समेत दिन चाहान्छौं ।’

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments